बालेन लाइ मात्र ३८ प्रश्न
नेपाल ले समय को विभिन्न कालखण्डमा अनेकन आन्दोलन हरु व्यहोरेको छ । यस मध्य को चर्चित आन्दोलन हो भदौ २३ र २४ मा भएको जेंजी आन्दोलन । जसमा देशले ७३ जना होनाहार युवा मात्र गुमाएन लगभग भौतिक संरचना सहित ८४ अर्ब ४५ करोड बराबर को क्षति भोग्नु पर्यो ।
तर आज सम्म यस आन्दोलन को नेतृत्व को हो ? सामान्य शान्तिपूर्ण भनेर सुरु गरिएको यो आन्दोलन एकाएक किन ? कसरी? र कसका स्वार्थ का कारण रणभुमि मा परिणत भयो भन्ने जवाफ आज सम्म पनि नेपालि जनताले पाउन सकेका छैनन् । यस घटनाको छानबिन गर्न बनेको आयोग आफ्नो म्याद लम्ब्याउने काम मात्र नभएर कानमा तेल नै हालेर बसेको छ र यस घटना को सत्यतथ्य के को भन्ने कुरा मा नेपालि जनता को घ्यान पुग्न सकेको छैन ।बरु उनीहरु त् केहि भएकै थिएन जस्तो गरेर चुनाव मा होमिएका छन् । मानौ यस अघि नेपालमा कहिल्यै चुनाव आएकै थिएन । यस सन्दर्भ मा नेपालि राजनीति का लोहा पुरुष को भनाइ सान्दर्भिक हुन्छ । वास्तवमै नेपालि जनता भेडा हुन् ।
यस आन्दोलन को ढाडमा टेकेर वा यसै आन्दोलन लाई प्रमुख मुद्धा बनेको स्वतन्त्र पार्टी माथि प्रश्नै प्रश्न छन् । जसको जवाफ न त् उक्त पार्टी दिन चाहन्छ न त् जनता हरु नै प्रश्न गर्न चाहन्छन ।
आन्दोलन र भविष्य प्रति प्रश्न
यस आन्दोलन ले आन्दोलन को स्वरूप कस्तो हुने र आफुलाई चित्त नबुझेको कुरा कसरी प्रस्तुत गर्ने वा आफ्नो माग कसरी पुरा गर्ने भन्ने बारेमा प्रश्न खडा गरेको छ । यदि भोलि कुनै पार्टी ले सरकार बनायो र उक्त सरकार प्रति जनता रुष्ट भर भने आफ्नो माग पुरा गराउनु परे के जनता हरु ले सिधै सिंहदरबार आगो लगाउने वा प्रशासनिक भवन हरु तोडफोड गरेर आफ्नो माग पुरा गराउने हो ? यसले इतिहास लाई आफ्नो माग पुरा गराउने नया निन्जा टेक्निक सिकाएको छ ।
नेपालमा भएको मधेश आन्दोलन (२००७–०८) का क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा करिब ३२ जना मारिएको तथ्य विभिन्न स्रोतहरूले उल्लेख गरेका छन्। तीमध्ये धेरैलाई सरकारले पछि शहीद घोषणा गरेको थियो।
त्यसैगरी, मधेश आन्दोलन दोस्रो चरण (२०१५ संविधानपछिको आन्दोलन) का क्रममा तराई–मधेश क्षेत्रमा भएको हिंसात्मक झडप र प्रदर्शनमाकम्तीमा २३ जनाको मृत्यु भएको The Kathmandu Post ले प्रकाशित समाचारमा उल्लेख गरिएको छ।
तर यी कुनै पनि आन्दोलन ले देश आगो लगाउने जस्ता काम गरेनन।
उक्त जेनजी आन्दोलन का नायक मानिएका नेता काठमाडौं महानगर का निवर्तमान मेयर तथा संघिय सांसद का उमेद्वार बालेन्द्र शाह माथि प्रश्नै प्रश्न छन् ।जसको जवाफ उनि संग छ कि छैन भन्ने नै अर्को प्रमुख प्रश्न हो । पुराना दल ले केहि गरेनन् भन्ने आरोप सहित आएका उनीलाई स्वीकार्न सकिने कारण हरु छन् , आशाका किरण हरु पनि छन् तर उनले चित्तबुझ्दो जवाफ दिन आवश्यक छ। स्वतन्त्र पार्टीले आफ्नो प्रधानमन्त्री को क्याडर को रुप मा अघि सारेको व्यक्ति जवाफदेहि किन छैनन् ? आज चुनाव मा आउदा त् प्रश्न को जवाफ दिन नसक्ने यिनिले भोलि देशको प्रधानमन्त्री भए भने जनताको केहि प्रश्न सुन्लान ? केहि जवाफ देलान ?गम्भीर प्रश्न खडा छ ।
पुराना दल का केहि नेता हरु प्रश्न गर्न लाएक समेत पनि छैनन् तर बालेन्द्र ले सबै प्रश्न को चित्त बुझ्दो जवाफ दिएमा केहि सोच्न अवश्य सकिन्छ ।
बालेनलाई मेरा सामान्य ३८ प्रश्न
- मेयरमा निर्वाचित भए लगत्तै शेनाका प्रमुख संग को भेटको कारण के हो ?
- तपाई को भेटमा के छलफल भए ?
- किनभने यस भेटको चुरो कतै भदौ २४ मा भएको आततायी हिँसा र आगजनी संग त् सम्बन्धित छैन?
- सेनाले किन देश जोगाउन सकेन जसको कर्तव्य नै देशको रक्षा हो ?
- तपाइँ जेनेजी ले आन्दोलन पश्चात सार्वजनिक भैदिनुस र हाम्रो नेतृत्व लिनुस भन्दा एउटा status लेखेर कहा हराउनु भयो ?
- देश त्यस्तो संक्रमणकालिन अवस्था मा भएको बेला तपाई किन लुक्नु भयो ?
- जब जेनेजी आन्दोलन को माग भ्रस्टाचार र सामाजिक संजाल संग सम्बन्धित् थियो। जेनेजी को आन्दोलन लगत्तै भदौ २३ को बेलुका सामाजिक संजाल खुली सकेको अवस्था मा तपाइँ को अदृस्य नेतृत्वमा २४ गते देश लाइ खण्डहर बनाउने प्रपन्च किन रच्नु भयो भन्ने आरोप को कसरी खण्डन गर्नुहुन्छ ?
- रास्ट्रपतिले तपाइँ हरु का सबै माग हरु पुरा गर्छौ सहमति मा आउनुहोस भन्दा भन्दै तपाइँ हरु किन सहमति मा आउनु भएन ?
- देश मा तपाइँ हरु ले जे भन्यो त्यहि हुने अवस्था थियो यद्धपि संसद विगठन नै किन गर्न चाहनु भयो ?
- यदि तपाईहरु को सरकार बनेन भने तपाइले कसरी जेनेनिको मागको सम्बोधन गर्नुहुन्छ?
- यदि तपाइको सरकार बनि हाल्यो र तपाइको सस्रकार संग चित्त नबुझ्ने व्यक्ती हरु त्यस्तै आन्दोलन मा उत्रीए र देश भरिको ७७ जिल्ला,७५३ स्थानीय तह जलाउन लागे भने तपाइको प्रशासन को प्रहरी ले गोलि चलाउछ कि देश आगो लागिरहन दिन्छ ?
- सुशिला कार्की नै यो देश को नेतृत्व गर्न योग्य व्यक्ति हो भनेर के के आधार मा निर्णय गर्नु भयो ?
- किन तपाइले बनाएको सरकार मा अमेरिकी सहयोगी संस्था बारबरा फाउनडेसन संग सम्बन्धित व्यक्ति हरु मात्र संग्लन छन् ?
- तपाइँ ले निर्माण गर्नु भएको सरकार स्वतन्त्र नागरिक सरकार हो कि स्वतन्त्र पार्टीको सरकार हो ?
- सकराको नेतृत्व मा सबै तपाईका मान्छे छन् भने यो निर्वाचन निस्पक्ष्य हुन्छ भन्ने ग्यारेन्टी कसरी लिने ?
- तपाइँ ले आफ्नो क्षत्रमा त्यति ठुलो आगोलागी हुदा दमकल समेत किन पठाउनु भएन?
- सडक व्यापारी हरु लाई लछारपछार गर्ने बालेंन सेना त्यस बखत कहा थिए?
- तपाई झापा बाट नै निर्वाचन मा उठ्नु को कारण के हो ?
- यदि तपाइँ प्रधानमन्त्री हुनु भयो भने तपाइँ आफैँ ले फ-क अमेरिका, भारत भनेका राष्ट्रहरु संग कसरी कुटनैतिक सम्बन्ध बनाउनुहुन्छ ?
- यी राष्ट्रहरु प्रति तपाइको धारणा के हो ?
- तपाई ले नया र पुराना सबै चोर हो भन्नु भयो र आज त्यहि सहकारी ठग को ट्याग भिरेको मानिस संग तपाइँ हुनुहुन्छ भने सहकारी ठगि को बारेमा तपाइँ को धारणा के हो?
- तपाइकै भाषा मा भन्ने हो भने तपाइले हत्यारा सँग मंच शेयर गर्दा आफु पनि हत्यारा नै भईने भन्नु भयो तर तपाइँ सहकारी ठग संग पार्टी शेयर गर्दा वा सहकारी ठग लाइ नेता मान्दा आफु पनि शहकारी ठग हुनु भयो कि भएन?
- तपाइँ ले सिंह दरबार जलाइदिन्छु भन्ने अभिव्यक्ती होस मा दिनु भएको हो कि बेहोसीमा ?
- स्याल पनि कराउनु कुखुरा पनि हराउनु लाई हामी ले कुन रुपमा बुझ्ने ?
- तपाई महानगर को सफल कि असफल मेयर?
- तपाइको बाचा अनुसार , महानगर मा भ्रस्टाचार विरुद्ध विषेश फोर्स गठन गर्नु भयो कि भएन ?
- सबै सेवा अनलाइन भयो कि भएन ?
- घर घर मा वृद्धभत्ता पुर्याउनु भयो कि भएन ?
- फोहोर लाई मोहोर भन्ने नारा कहा पुग्यो ?
- INFRASTRUCTURE AMBULANCE ले कहा काम गर्दै छ ?
- काठमान्डौ मा गाडी जाम कति व्यवस्थित भयो ?
- GPS System को नारा कहा पुग्यो?
- काठमान्डौ २४ नै घण्टा जीवित भनाउने लक्ष्य कति प्रतिशत सफल भयो ?
- सुमुम्बासी लाइ स्तान्तरण गरेर व्यस्थापन गर्छु भनेको कुरा के सुकुम्बासी लाई लखेटेर व्यवस्थित गर्न खोजेको हो ?
- सडक व्यापारी हरुको व्यस्थापन कसरी गर्नु भयो ?
- तपाइँ tested भएर fail भएको हो कि हैन?
- तपाइको लागी बेग्लै लिफ्ट किन?
- तपाइँ जनता बाट सधैँ किन टाढा?
यस्तै हजार प्रश्न बालेन र उनका समर्थक हरुलाई जहा भेट्यो त्यहि सोध्न जरुरि छ र अन्य अन्य पार्टीका उमेद्वार हरु लाई समेत प्रश्न सोध्ने पर्ने छ ।
यसकारण यस पटक को भोट प्रश्न सहित गरौ ।
